सोमवार, कार्तिक १८, २०८२

देउखुरी पब्लिक स्कुल लमहीमा १४ जना शिक्षक कर्मचारीले गरे रक्तदान

लमही । दाङ देउखुरीको लमहीमा रहेको देउखुरी पब्लिक स्कुलले बुधवार रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको समन्वय तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रगत अभावका कारण देखापर्ने समस्यालाई समाधान गर्नका लागि यस किसिमको कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने विश्वास लिएको स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप केसीले जानकारी दिएका छन् ।

स्कुलका १४ जना शिक्षक, कर्मचारी तथा शुभचिन्तकहरुले रगतदान गरेका थिए । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र घोराहीकी प्राविधिक इच्छा बुढामगर र लमहीकी प्राविधिक विष्णा पोख्रेलले सेवा दिएका थिए ।

स्कुलका प्रधानाध्यापक तथा प्रबन्धक भूमाण्डप केसीको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी दाङका अध्यक्ष मदन गौतमको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रमको सहजीकरण स्कुलका इ.सि.ए.प्रमुख कुबिर गिरीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation