मसुरिया ८ असार । दाङको राप्ती गाउँपालिका ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी शोकमा पर्नुभएको छ ।
उहाँकी धर्मपत्नी दिपा चौधरीको शुक्रबार दिउँसो ५२ वर्षको उमेरमा निधन भएको हो ।
केही दिनदेखि मेन्जाइटिस रोगबाट पीडित रहनुभएकी उहाँको बुटवलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको अन्त्येष्टि शनिबार राप्ती नदीको भानपुर घाटमा थारू समुदायको परम्पराअनुसार गरिएको थियो। उहाँका दुई छोरा रहेका छन् ।











