सोमवार, कार्तिक १८, २०८२

स्माईल डेन्टल क्लिनिकद्वारा गोबरडिया स्वास्थ्य चौकीमा निःशुल्क दन्त शिविर सम्पन्न

देउखुरी । भालुबाङ्ग पुल्चोक स्थित स्माईल डेन्टल क्लिनिकले आफ्नो स्थापनाको २० वर्ष पुगेको अवसरमा गढवा र राप्ती गाउँपालिकामा तीन दिने निःशुल्क दन्त शिबिर र निःशुल्क प्लास्टिक सर्जरी स्क्रिनिङ्ग शिविर संचालन गरेको छ ।

स्थापनाको अवसरमा आज पहिलो दिन गढवा १ गोबरडिया स्वास्थ्य चौकीमा निःशुल्क शिविर सम्पन्न भएको छ । शिबिरमा  ६० जना बिरामीको मुख स्वास्थ्य परिक्षण गरिएको थियो ।

अधिकांशमा दाँतमा किरा लागेको र गिजाँ सम्बन्धी समस्या देखिएको स्वस्थ्यकर्मी कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उक्त समस्या आउनुमा बिरामीहरुमा नियमित ब्रस गर्ने बानी नहुनु, मुख स्वास्थ्यको महत्त्व बारे चेतनाको कमि भएको श्रेष्ठले बताउनु भयो ।

दाँत मुख गिजाँ अस्वस्थ्य भए समग्र स्वास्थलाई नै नराम्रो हुने र समस्या भइहाल्यो भने पनि यस्को उपचार  खर्चिलो हुने भएकोले यस्ता शिविरहरुले आम मानिसमा मुख स्वास्थ्य को महत्त्व बुझ्ने र समयमै निदान भए आउन सक्ने जटिलता कम हुने र उपचारमा आर्थिक भार कम पर्नेमा डेन्टल डा. रक्षा कार्की बताउनु भयो ।

स्माईल डेन्टल क्लिनिकका सन्चालक बृहस्पति श्रेष्ठले शिविर सन्चालन गर्न सहयोगी भुमिका निभाउनु भएकोमा गोबरडिया स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब अधिकृत खुमानन्द भट्टराई, शिव बुढा र कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीलाई विशेष धन्यबाद दिनु भएको छ ।

त्यसैगरी शिविर असार ९ गते सोमबार  गढ्वा १ कालाकाटे स्वास्थ्य इकाई र पर्सि १० गते मंगलवार लालमटिया स्वास्थ्य इकाई लालमटियामा हुने सन्चालक क्लिनिक बृहस्पति श्रेष्ठले बताउनु भएको छ । यस क्लिनिकले गत जेष्ठ ३० र असार १ गते पनि  प्युठानको सरुमारानी गाउँपालिकामा दुइ दिने निःशुल्क दन्त शिविर संचालन गरेको थियो । उक्त शिविरमा करिब २ सय ५० जनाले सेवा लिएका थिए ।

यस किसिमको शिविरले आम मानिसमा दन्त स्वास्थ्यको जनचेतना फैलाउन सहज हुनुको साथै दन्त सेवामा सजक बनाउन आयोजना गरिएको श्रेष्ठले  बताउनु भयो ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation