मसुरीया १२ साउन । दाङको राप्ती गाउँपालिकाले साउन १३ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
थारु समुदायको गुरही पर्व, मधेसी समुदायको गुड़िया पर्व र हिन्दू धर्मावलम्बीहरूको नागपञ्चमी पर्वको अवसरमा गाउँपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै बिदा सम्बन्धी जानकारी दिएको छ ।
सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा गाउँपालिका मातहतका अन्य निकायहरूमा अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहनेछन् ।












