लमही २० साउन । देउखुरी क्षेत्रका शिक्षण संस्थाबीच शैक्षिक उत्कृष्टताको प्रतिस्पर्धा बढ्दो क्रममा रहेको आजको परिवेशमा, गोर्खा मोडल सेकेन्डरी स्कुल लमही एक उदाहरणीय शैक्षिक केन्द्रको रूपमा उदाएको छ ।
हालै सार्वजनिक भएको नतिजा अनुसार, व्यवस्थापन तथा विज्ञान संकायमा यो विद्यालयले देउखुरी क्षेत्रमा सर्वश्रेष्ठ प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ ।
विद्यार्थि उतिर्ण संख्या सबैभन्दा धेरै २४५ पास गराउन सफल भएको छ भने ग्रेड पेाइन्ट पनि देउखुरि मै सबै भन्दा उच्च ३.८५ रहेकेा छ ।
विद्यालयका प्रधानाध्यापकका अनुसार, यो सफलता विद्यालयको गुणस्तरीय पठनपाठन, दक्ष शिक्षक टोली, नवीनतम शिक्षण प्रविधि र विद्यार्थीको निरन्तर परिश्रमको प्रतिफल हो । विद्यालयले विज्ञान संकायमा नवप्रवर्तनशील अभ्यासहरू अपनाउँदै आएको छ, जसले गर्दा विद्यार्थीको बौद्धिक क्षमतामा उल्लेखनीय वृद्धि भएको देखिएको छ ।
गत शैक्षिक सत्रमा उक्त संकायमा अध्ययनरत धेरै विद्यार्थीहरूले A प्लस ग्रेड ल्याउन सफल भएका छन् । विद्यालयले सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक कार्यहरूमा पनि जोड दिँदै आएको छ । यसले विद्यार्थीलाई व्यवहारिक ज्ञानमा सशक्त बनाएको देखिन्छ ।
स्थानीय तहका शिक्षा प्रेमी, अभिभावक तथा विद्यार्थीहरू यो उपलब्धिमा गौरव अनुभव गर्दै विद्यालयप्रति कृतज्ञता प्रकट गरेका छन् ।
गोर्खा मोडल सेकेन्डरी स्कुलका निर्देशकले विद्यालय आगामी दिनहरूमा पनि गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकता दिँदै, देशमै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।











