शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

झिनो मतान्तरले हार्दा दुखी छु : रवीन्द्र मिश्र

काठमाडौं ।  राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले आफू थोरै मतान्तरले पराजित हुँदा दुखि भएपनि देश र समाज रुपान्तरणका लागि सँधै लागी पर्ने बताएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै एक विज्ञप्ती जारी गर्दै मिश्रले यो हारले समाज रुपान्तरणमा पहिलेभन्दा अझ दृढ भएको बताएका उल्लेख गरेका छन् ।

‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दु:खी छु । तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् ।

गत पाँच वर्षको उतार चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच आफूले पाएको मतलाई टुट्न नदिने पनि मिश्रले प्रण गरेका छन् ।

‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु,’ उनले भनेका छन् ।

मिश्र राप्रपाबाट काठमाडौँ क्षेत्र नं १ मा चुनावी मैदानमा उत्रिएका थिए । तर उनी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग १२७ मतले पराजित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation