शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

‘बहकिने मन’ का प्रस्तोता महावीर विश्वकर्मा रहेनन्

कलाकार एवम् संचारकर्मी महावीर विश्वकर्माको निधन भएको छ । चितवनबाट काठमाडौं फर्किँदा दुर्घटनामा परि उनको मृत्यु भएको रंगकर्मी केदार श्रेष्ठले जानकारी दिए ।

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता रहेका महावीर पछिल्लो समय राजनीतिसँगै जात व्यवस्था उन्मुलन अभियानमा सक्रिय थिए । चितवन राप्ती नगरपालिका-४ डडुवा घर भएका उनी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्यसमेत थिए ।

केदार, महावीरको निधनसँगै नेपाली समाजले एक प्रष्ट वक्ताका साथै कलाकार गुमाएको बताउँछन् । राजनीतिक र सामाजिक अभियान्ताका साथै महावीर एक रंगकर्मी रहेको उनको भनाइ छ ।

‘महाविर अध्ययनशिलका साथै प्रष्ट विचार भएको व्यक्ति हो । साथै कलाकार पनि । गजल, कविता साथै नाटकमा पनि महाविरको चासो थियो । महाविरले कीर्तिपुर रंगमञ्च थिएटरले तयार पारेको विभिन्न नाटकहरुमा समेत अभिनय गरेको थियो,’ उनले भने ।

केदारका अनुसार महावीरले सुरुमा एन्टिना फाउन्डेसनमा रेडियो नाटकहरु लेख्ने काम गर्थे । पछि उनले सर्वनाम थिएटरमा ३ महिना अभिनय प्रशिक्षण लिएर अभिनय गर्न थालेका थिए । महावीरले कथा सारंगी गाउँको, अभान्तर र छिद्र क्यानभास जस्ता नाटकरुमा अभिनय गरेका थिए । साथै उनले सर्ट फिल्महरु समेत निर्माण गरेका  थिए ।

उनको निधनमा अहिले कलाकार र रंगकर्मीहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । ^पहिलो पोस्ट बाट^

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation