
लालमटिया २० भदाै । दाङ देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटियामा १७औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस कार्यक्रम मनाईएकाे छ ।
कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाकाे आयाेजना तथा नेपाल पंक्षी संरक्षण संघ काठमाडौंकाे सहयाेगमा गिद्ध संरक्षण सम्बन्धि अन्तर विद्यालय स्तरिय कबिता प्रतियाेगिता तथा सराेकारवालाहरू बीच अन्तरक्रिया कार्यक्रम गरी आज शुक्रबार लालमटियाकाे महिला भवनमा सम्पन्न भएकाे हाे ।
समूहका अध्यक्ष जाेहरमान मियाँकाे अध्यक्षता एवम् राप्ती गाउँपालिका २ नम्बर वडा अध्यक्ष पहलवान चाैधरीकाे प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसाल र नेपाल पंक्षी संरक्षण संघका परियाेजना अधिकृत भुपाल नेपालीकाे विशिष्ट आतिथ्यता भएकाे कार्यक्रममा बाेल्ने बक्ताहरूले प्रकृतिकाे कुचिकारका रूपमा मानिएकाे गिद्ध चरा संरक्षणमा राज्य अलि बढी गम्भीर बन्नुपर्ने बताएका थिए । उनीहरूले आहारबिहारकाे व्यवस्था गर्न सके मात्र गिद्धकाे संरक्षण हुने बताएका थिए ।
पशु बृद्धा आश्रम तथा गिद्ध संरक्षण केन्द्रका अध्यक्ष शिबबहादुर रानाकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा आयाेजित गिद्ध संरक्षण सम्बन्धी अन्तर विद्यालय स्तरिय कबिता प्रतियाेगितामा दुर्गा भवानी आधारभूत विद्यालय मसुरिया प्रथम, चन्द्रज्याेति बाेडिङ्ग स्कुल पाखापानी दितीय, पब्लिक एजुकेशन एकेडेमी बराखुट्टी तृतीय र गाेरखा आइडियल स्कूल लालमटिया सान्तवना भएका छन् ।
प्रतियाेगितामा राप्ती गाउँपालिका भरिका सामुदायिक तथा संस्थागत गरी ६ वटा विद्यालयले भाग लिएका थिए । बिजय प्रतियाेगीहरूलाई नगद र प्रमाण-पत्र सहित पुरूस्कार बितरण गरिएकाे थियाे । प्रतियाेगिताकाे निर्णायक मण्डलकाे संयाेजकमा ऐरावती आदर्श बहुमुखी कयाम्पस लालमटियाका क्याम्पस प्रमुख बिक्रान्त ज्ञवाली, सदस्यहरू बरिष्ठ पत्रकार महेश रिजाल, पूर्व शिक्षिका ओमकला न्याैपाने रहनु भएकाे थियाे ।
कार्यक्रममा नर्ती वन समन्वय समितीका संस्थापक अध्यक्ष किरण भण्डारी, रामजहदी सामुदायिक वन समूह पाखापानीका अध्यक्ष डिल्लीराज सुवेदी, कालिका सामुदायिक वन समूहका सल्लाहकार रमेशमान गुरूङ्ग, जेष्ठ नागरिक सञ्जाल राप्तीका अध्यक्ष पदम रिजाल, राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्ताेषकुमार गुप्ता र बिपी आधारभूत विद्यालयका प्रधानध्यापक जिबराज शर्मा, कालिका वन समूहका काेषाध्यक्ष यमबहादुर राेका र सहयाेगदाता तेजेन्द्रसिंह ठकुरी लगायतका बक्ताले आ-आफ्नाे धारणा राख्नु भएकाे थियाे ।
कार्यक्रमकाे सञ्चालन वन समूहका सचिव कृष्णा पाेख्रेलले गर्नु भएकाे थियाे ।