मङ्लबार, बैशाख ३०, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गाेरखा २ मा प्रचण्डकाे अग्रता, निकटतमभन्दा पाँचहजार १२८ मत बढी

गोरखा । प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीकाे भन्दा पाँचहजार १२८ मत बढी छ ।

बुर्लाकाेटीले एकहजार ९२९ मत पाउनुभएकाे छ ।  यस्तै, नेकपा एमालेका अब्दुस सलाम मियाँले एकहजार ६७६ मत लिनुभएकाे छ ।

साेही क्षेत्रबाट मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले ३९२ र राप्रपाका सुशील पन्तले २३१ प्राप्त गर्नुभएकाे छ ।  १२ हजार २१७  वटा मत गणना गर्दा ६०५ मत बदर भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation