मङ्लबार, भदौ ३१, २०८२

चैतन्य पाठशालामा ६१औं राष्ट्रिय बाल दिवस भव्य रूपमा सम्पन्न

देउखुरी ३१ भदौ । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती उपत्यका मौरीघाट स्थित चैतन्य पाठशालाले ६१औं राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २९ गते विद्यालय प्राङ्गणमा भव्य कार्यक्रम सम्पन्न भएको छ ।

बालबालिकाको सर्वाङ्गीण विकासलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा चित्रकला, निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता मार्फत बालमैत्री शासन र बालअधिकारको सन्देश प्रवाह गरिएको विद्यालयले जनाएको छ ।

चित्रकला प्रतियोगितामा “बालश्रम शोषण मुक्त समाज”, निबन्धमा “बालमैत्री शासन, बालअधिकारको सम्मान”, र वक्तृत्वकला प्रतियोगितामा “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” विषय समेटिएका थिए ।

सि सि ए कोर्डिनेटर बीपी खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । सहप्राचार्य बसन्तराज भट्टराई र शिक्षकहरू डम्बर डाँगी तथा टङ्क न्यौपानेले बालअधिकार र बालमैत्री वातावरणको महत्त्वबारे शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न विद्यार्थीहरूले चित्रकला, निबन्ध तथा वक्तृत्वकला मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

विद्यालयका सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकको सक्रिय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले बालबालिकामा अधिकार र जिम्मेवारीबारे सचेतना फैलाएको विद्यालयले जनाएको छ ।

शिक्षिका निकिता केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षिका सम्झना चौधरीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation