मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

यी हुन् अहिलेसम्म अग्रता कायम राख्‍ने राष्ट्रिय स्वतन्त्र पार्टीका ९ उम्मेदवार

देशभरका १३१ स्थानमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका ९ क्षेत्रमा अग्रता कायम राखेको छ ।

हाल मतगणना चलिरहेका १२२ निर्वाचन क्षेत्रमध्ये स्वतन्त्रका उम्मेदवारले ९ क्षेत्रमा अग्रता कायम राखेका हुन् । पार्टीका ९ उम्मेदवारले अग्रता कायम राखेपनि पार्टीका सभापति रवि लामिछाने भने मतगणनामा पछि परेका छन् ।

चितवन २ मा रविलाई एमालेका कृष्णभक्त पोखरेलले लगातार पछि पारिरहेका छन् । पछिल्लो मत परिणामअनुसार पोखरेलले २ हजार ९१९ मत प्राप्त गर्दा लामिछानेले २ हजार ४९४ मत प्राप्त गरेका छन् ।

पार्टी सभापतिपछि परे पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवार बनेकी तोसिमा कार्कीले ४ हजार ९१० मतसहित अग्रता कायम राखेकी छन् । उनका प्रतिस्पर्धी एमालेका अमृत खड्काले ३ हजार ८४५ मत प्राप्त गरेका छन् ।

रास्वपाबाट काठमाडौं ६ मा उम्मेदवार बनेका शिशिर खनालले ३ हजार २६६ मत प्राप्त गर्दा एमालेका सर्वेन्द्र खनालले २ हजार ३४ मत मात्रै प्राप्त गरेका छन् ।

काठमाडौं ७ मा रास्वपाका गणेश पराजुलीले ३ हजार ४४५ मत प्राप्त गर्दा एमालेका श्यामकुमार घिमिरेले ३ हजार ३४५ मत प्राप्त गरेका छन् ।

काठमाडौं ८ मा विराज भक्त श्रेष्ठले ६ हजार १०९ मतसहित अग्रता कायम राख्दा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ४ हजार ६१३ मत मात्रै प्राप्त गरेका छन् । काठमाडौं ८ मा दुबै गठबन्धनका उम्मेदवार श्रेष्ठ र सायमी भन्दा निकै पछि छन् ।

सुनसरी ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली अघि छन् । उनले ८२९ मत प्राप्त गर्दा एमालेका भगवती चौधरीले ७३४ मत प्राप्त गरेका छन् । सुरुवाती गणनामा सुनसरीका १ र २ मा अग्रता बनाएका सो पार्टीका उम्मेदवार अहिले पछि परेका छन् ।

त्यसैगरी चितवन १ मा रास्वपाका हरि ढकालले ५ हजार ११९ मत प्राप्त गर्दा कांग्रेसका विश्वनाथ पौडेलले ३ हजार ८७६ र एमालेका सुरेन्द्रप्रसाद पाण्डेले ३ हजार ७८९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी रुपन्देही २ मा रास्वपाका गणेश पौडेलले १ हजार ९६ मत प्राप्त गर्दा एमालेका विष्णु पौडेलले ९६४ मत प्राप्त गरेका छन् ।

कास्की २ मा पनि रास्वपाका माधवप्रसाद कँडेलले २ हजार ४३९ मत प्राप्त गर्दा एमालेकी विद्या भट्टराईले २ हजार २५७ मत प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation