सोमवार, अशोज २७, २०८२

राप्ती गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने

देउखुरी २० असोज । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ३ र वडा नं. ६ मा नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम, राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालको प्राविधिक सहयोग र NABP नर्वेको आर्थिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

वडा नं. ३ स्थित स्विट्जरल्यान्ड पार्क, बसन्तपुरमा आगामी २०८२ साल असोज २२ गते (बुधबार) बिहान १० बजेबाट पहिलो चरणको शिविर सञ्चालन हुनेछ ।

त्यस्तै वडा नं. ६ स्थित पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाईमा दोस्रो चरणको शिविर २०८२ साल असोज २६ गते (आइतबार) बिहान १० बजेदेखि सञ्चालन गरिनेछ ।

शिविरमा स्थानीय बासिन्दाहरूले आँखा परीक्षण, उपचार, परामर्श तथा आवश्यक परे शल्यक्रियाका लागि सिफारिस सेवा समेत निःशुल्क रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation