घन्टदेव सामुदायिक वनको १९औँ साधारण सभा सम्पन्न

देउखुरी । लुम्बिनी प्रदेश दाङ देउखुरीस्थित राप्ती गाउँपालिका–३ मसुरियामा रहेको श्री घन्टदेव सामुदायिक वन उपभोक्ता समूहको १९ औँ वार्षिक साधारण सभा विहीवार सामुदायिक वन उपभोक्ता समूहको कार्यालय मसुरियामा सम्पन्न भएको छ ।

कार्यक्रम घन्टदेव सामुदायिक वनका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता तथा डिभिजन बन कार्यालय लमहीका सिनियर डिभिजनल अधिकृत जीवन पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सभामा कोषाध्यक्ष मानबहादुर घर्तिले आर्थिक प्रतिवेदन तथा सचिव सुधा शाहीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा घन्टदेव सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष तथा वरिष्ठ सल्लाहकार किरण भण्डारी, दाङ जिल्ला महासंघका अध्यक्ष हरि भुषाल, श्रीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुला गिरी, घन्टदेव सामुदायिक वनका पूर्वअध्यक्ष गौरीमाया घर्ति, टोल विकास समितिका अध्यक्ष शान्ति सुनार, मिल्कु चौधरी, तुल्सा आचार्य, सल्लाहकार उत्तम कुमार अधिकारी, भरतराज न्यौपाने, गीता पौडेल, तिलकुमारी घर्ति, सिता चौधरी लगायतको उपस्थिति उल्लेखनीय थियो ।

त्यसैगरी सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका संस्थापक चन्द्रबहादुर जिसी, उपाध्यक्ष देवेन्द्र शाही, समाजसेवी भीम घर्ति, प्रगन्ना कुलो समितिका अध्यक्ष नन्दबहादुर घर्ति, नौमति पञ्चे बाजा समितिका अध्यक्ष लक्ष्मी रोका, दुर्गा भवानी आधारभूत विद्यालयका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, राजनैतिक दलका प्रतिनिधि तथा उपभोक्ताहरुको सहभागिता बैठकमा रहेको थियो ।

कार्यक्रममा सामुदायिक वन संरक्षणमा सहयोग पुग्ने उद्देश्यले बनलाई क्षति नहुने गरी धेरै गाई पालन गर्दै आएका उपभोक्ताहरूलाई खादा ओढाएर र छाता प्रदान गरी सम्मान गरिएको थियो । सम्मान डिभिजन वन कार्यालयका अधिकृत जीवन पंगेनी, अध्यक्ष दुर्योधन पाण्डे र हरि भुषाललगायत अतिथिहरूले प्रदान गरेका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष टेकबहादुर गिरीले गर्नुभएको थियो भने उद्घाटन प्रमुख अतिथि पंगेनीले व्यानर पढेर तथा पानसमा बत्ती बालेर गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन कोषाध्यक्ष भानबहादुर घर्तिले गर्नुभएको हो । सभाको समापन अध्यक्ष दुर्योधन पाण्डेले गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation