जुम्लामा जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्र शाही आफ्नो निकटतम प्रतिस्पर्धी भन्दा दोब्बर मतले अग्रस्थानमा रहेका छन् । १३ हजार ६५ मतगणना हुँदा शाहीले ६ हजार ६६९ मत पाएका छन् ।
उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतमले २ हजार ८९० मत पाएकी छिन् । यस्तै एमाले उम्मेदवारले १ हजार ७९५ मत पाएका छन् ।