चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो अग्रता कायम राखेका छन् ।
सुरूआती मतगणनामा तेस्रो स्थानमा रहेका लामिछानेले मंगलबार दिउँसोबाट अग्रता लिन सुरू गरेका हुन् । त्यसपछि उनी पछि परेका छैनन् ।
यहाँ अहिलेसम्म १७ हजार १ सय ८२ मत गनिएको छ । त्यसमध्ये लामिछानेले ६८३३ मत ल्याएका छन् । उनको तुलनामा नेकपा एमालेका कृष्णभक्त पोखरेल झन्डै दुई हजार मतले पछाडि छन् । पोखरेलले ४८३७ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उमेश श्रेष्ठ ४४२१ मत ल्याएर तेस्रो स्थानमा छन् ।