देउखुरी २८ मंसिर । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया मुक्तिनगर (नयाँबस्ती) स्थित सिंचाइ तथा बोरिङ योजना उपभोक्ता समिति लालमटियाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ ।
अधिवेशन भु.ज.वि. महासंघका वरिष्ठ उपाध्यक्ष जुम्मन मियाको प्रमुख अतिथ्यता तथा समितिका उपाध्यक्ष खुमबहादुर गुरुङको अध्यक्षतामा मुक्त कमैया सामुदायिक भवन लालमटियामा सम्पन्न भएको थियो ।
समितिका सचिव गुलाम अलि शाइले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको व्यानर पढेर उद्घाटन गर्दै प्रमुख अतिथि जुम्मन मियाले सिंचाइ तथा बोरिङ योजना कृषकहरूको उत्पादन वृद्धि र आर्थिक सशक्तीकरणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अधिवेशनबाट सिंचाइ तथा बोरिङ योजना उपभोक्ता समिति लालमटियाको अध्यक्ष गुलाम अलि शाइको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।
जसको उपाध्यक्षमा खुमबहादुर गुरुङ, कोषाध्यक्षमा पुष्पा चौधरी, सचीवमा भिमकान्त भुषाल, सह सचिबमा राजकुमार तामाङ र सदस्यहरुमा लोकमाया के.सी., लक्ष्मी परियार, सालिकराम पोख्रेल र बिरबहादुर के. यम रहेका छन ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सल्लाहकार तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम समितिका सदस्य बिरबहादुर के. यमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भिमकान्त भुसालले गर्नुभएको थियो ।











