
डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मतान्तर फराकिलो पार्दै गएका छन् । सुरुदेखि लिड गरिरहेका देउवा मंगलबार राति ९ बजेसम्म पुग्दा निकटतम् प्रतिस्पर्धीको मत भन्दा दोब्बरले अगाडि रहेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले सार्वजनिक गरेको मत परिणाम अनुसार ३२ हजार ७ सय मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार रहेका देउवाले १६ हजार ११८ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालको मत ८ हजार ६ सय रहेको छ । त्यस्तै, कांग्रेस वीपीका उम्मेदवारको मत चार हजार ७०१ रहेको छ । यस्तै बदर मत मात्रै दुई हजार ७१ रहेको छ ।