दाङ २१ पुस । दाङको राप्ती गाउँपालिका–८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा तिर्थराज ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार राप्ती गाउँपालिका–८ पिपरीमा भएको चौथो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञवाली बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिले ज्ञवालीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
ज्ञवाली यस अघि कार्यसमिति सचिव पदमा थिए । यसै गरि १ जना उपाध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि पत्रकार ओमप्रकाश गुप्ता र यस अघिकै उपाध्यक्ष नारायणी पोख्रेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक रामप्रसाद चौधरीले बताए । त्यस्तै १ जना सचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
सचिव पदका लागि यमबहादुर चौधरी, चुमबहादुर बढा र गोपाल बसेलले उम्मेदवारी दर्ता गराएका छन् । १ जना कोषाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा यस अघिकै कोषाध्यक्ष लुमबहादुर गुरुङ, मदन पोख्रेल र बिर्ख बहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् । भने ५ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक चौधरीले बताएका छन् । अध्यक्ष पद बाहेक अन्य सवै पदमा सहमती नजुटेपछि अर्को दिनको विहान ११ बजे खानेपानीकै कार्यालयमा सहमतीका लागि उम्मेदवारहरुलाई बोलाएको निर्वाचन समितिले जानकारी दिएको छ ।











