लालमटिया वृहत् खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको तेस्रो साधारण सभा सम्पन्न

भालुवाङ । लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको देउखुरी क्षेत्रस्थित राप्ती गाउँपालिका वडा नं. २, बराखुटीमा रहेको लालमटिया वृहत् खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको तेस्रो साधारण सभा करमदी सामुदायिक वनको प्राङ्गणमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रम समितिका अध्यक्ष कृष्णबहादुर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा राप्ती गाउँपालिका वडा नं. २ का वडा अध्यक्षको उपस्थिति रहेको थियो । कार्यक्रममा पानसमा बत्ती बालेर तथा ब्यानर पढेर उद्घाटन गरिएको थियो ।

उपाध्यक्ष जुम्मन मियाँले स्वागत मन्तव्य राख्नुभएको थियो भने लेखा संयोजक गिरबहादुर पौडेललगायत अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सल्लाहकार, पत्रकार तथा उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सभामा समितिका सचिव तिलक अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष थमा गैरे र माया गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथिले वडाबाट खानेपानी आयोजनालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन भुवन भट्टराईले गर्नुभएको थियो भने सभाको समापन अध्यक्ष कृष्णबहादुर गिरीले गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation