देउखुरी २३ माघ । चैतन्य पाठशाला राप्ती उपत्यकाले २०८२ साल माघ २४ गते हुन गइरहेको गरिमामय दोस्रो वार्षिक उत्सवको पावन अवसरमा खेल सप्ताहको आयोजना गरी विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
खेल सप्ताह अन्तर्गत सञ्चालन गरिएका विविध खेलविधामा विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । साथै संगीत र नृत्यतर्फ उत्कृष्टता प्रदर्शन गर्ने बिजेता विद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएको थियो ।
वर्षभरि सञ्चालन गरिएका शिक्षण–सहयोगी क्रियाकलापहरूमा उल्लेखनीय नतिजा हासिल गर्ने बिजेता विद्यार्थीहरूलाई पनि पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका सहायक प्राचार्य बसन्तराज भट्टराईको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको अध्यक्षता विद्यालयका प्रबन्ध निर्देशक डा. जीवराज आचार्यले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकज्यू प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
विद्यालयकी प्राचार्य सुष्मा रेग्मी आचार्यले आफ्नो मन्तव्यमार्फत शिक्षक विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण शिक्षक विश्वेश्वर खनालले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको उल्लासमय उपस्थिति रहेको थियो ।











