काठमाडौं । लुम्बिनी प्रदेश दाङस्थित लिटिल एन्जल्स स्कूल राप्ती प्रा. लि. का संस्थापक प्राचार्य शोभाखर भुषाल राष्ट्रिय स्तरको सम्मानबाट सम्मानित हुनुभएको छ ।
फोकस नेपालद्वारा आयोजना गरिएको विशेष समारोहमा भुषाललाई शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको हो ।
सम्मान कार्यक्रम २०८२ माघ २४ गते काठमाडौंस्थित नेपाल पर्यटन बोर्ड, भृकुटी मण्डपमा सम्पन्न भएको थियो ।
उक्त समारोहमा राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेले भुषाललाई सम्मान प्रदान गर्नुभएको हो ।
लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आउनुभएका भुषालले लिटिल एन्जल्स स्कूल, राप्ती गाउँपालिका–१ भालुबाङ देउखुरी, दाङ मार्फत गुणस्तरीय शिक्षा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
सम्मान ग्रहणपछि भुषालले प्राप्त सम्मानले अझ जिम्मेवार भएर शैक्षिक क्षेत्रमा सेवा गर्ने प्रेरणा मिलेको प्रतिक्रिया दिनुभएको छ ।











