बुधबार, चैत्र २५, २०८२

गाेपीनाला हत्याकाण्ड र घटनाले समाजमा उठेका गम्भीर सवाल

गाेपीनाला हत्याकाण्डले एक पटक अभिभावक र परिवारलाई झसंग बनाएकाे छ । यति मात्र हाेइन याे घटनाले अभिभावक र परिवारलाई ठुलाे सजग पनि गराएकाे छ । याे घटनाले एक पटक फेरि नेपाली समाज र नेतृत्वहरू प्रति दर्जनाैँ गम्भीर प्रश्नहरू उठेका छन् । ती प्रश्नहरूकाे गम्भीर छलफल आवश्यक छ । याे घटनाले उठाएका प्रश्नहरू हुन् ।

के यति ठुलाे घटना ती १६ देखि २० बर्ष उमेर समूहका युवा युवतीहरूले मात्र घटाउन सक्छन् त ? याे घटना हुनकाे मुख्य कारण के हुन सक्छ ? यस्ता घटनाले के हाम्रा छाेराछाेरी र परिवार सुरक्षित हुन सक्छ ? यी घटनाकाे मुख्य जिम्मेवार काे हाे ? किन यस्ता अपराधिक घटनाहरू बढ्न थालेका हुन त ? के हामीले खाेजेकाे समाज यही हाे ? किन नयाँ तथा युवा पुस्ताहरू यस्ता आपराधिक घटनामा संलग्न हुन थालेका हुन् ? के हामीले यस्ताे अपराधिक समाजकाे परिकल्पना गर्न सक्छाैँ ? के यी सबै प्रश्नकाे जवाफ कसै संग छ ? यी यस्ता दर्जनाैँ प्रश्न आज याे देशका नेतृत्वकर्ता र नेपाली समाज संग तेर्सिएका छन् । आज एक जनाकाे हत्या भएकाे छ । एक जना घाईते भएका छन् । हत्यामा संलग्नमा एक युवती सहित दुई युवा प्रकाउ परेका छन् ।

के याे घटना ती ५ जना र उनीहरूकाे परिवार संग मात्र जाेडिएकाे हाे ? पक्कै हाेइन र हुन पनि सक्दैन । याे घटनाले आज अभिभावक, परिवार र समाज तर्सित बनेकाे छ । अब युवा हुँदै गरेका र भईसकेका आफ्ना छाेराछाेरीलाई यस्ता अपराधिक घटनाबाट कसरी टाढा राख्न सकिन्छ भन्ने गम्भीर बिषय आज सिङ्गाे समाज अगाडी खडा भएकाे छ । एक पटक नेपाली समाज र नेतृत्वले निर्मम समीक्षा गर्न याे घटनाले बाध्य बनाएकाे छ । अब एउटा कुनै परिवार, एउटा अभिभावक र एउटा समाजले चाहेर मात्र यी र यस्ता अपराधिक घटनाल कदापी नियन्त्रण हुन सक्दैन ।

बर्बदता पूर्ण हत्याले अहिले केही आशंका र गम्भीर प्रश्न उठाए कै छ । दाङकाे देउखुरी क्षेत्रमा अहिले सम्म यस्ताे कुर हत्या भएकाे कहीकतै सुन्नमा समेत आएकाे थिएन ।तर एकाएक गएकाे बिहिबार राती लुम्बिनी प्रदेशकाे राजधानी समेत रहेकाे दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-४, गाेपीनालाकाे दाेलाई खाेला नजिक रहेकाे नहरमा वडा नम्बर २, बराखुट्टी निवासी बर्ष १६ का स्मित प्रधानलाई चक्कु प्रहार गरी निर्मम तरिकाले हत्या गरिन्छ । याे हत्या समान्य थिएन । साेच्दा समेत शरीर एक पटक सिरिङ्ग हुन्छ । जुन प्रकारले हत्या प्रधानकाे गरिएकाे छ, के याे बिषय समान्य हुन सक्छ ? कदापी हुनै सक्दैन । अझै शबकाे प्रकृति र घटनास्थलकाे अवस्था हेर्दा त झन् जाे काेहीकाे शरीर जिरिङ्ग बनाउने अनि साेच्न मात्र हाेइन कल्पना समेत गर्न सकिँदैन । हामी र हाम्राे याे समाजले समेत परिकल्पना गर्न नसक्ने यस्ताे जघन्य अपराध कसरी यी पढ्दै गरेका विद्यार्थीहरूकाे हातबाट सम्भव भयाे ? अब याे प्रश्न राजनितिक नेतृत्व र समाज संग मात्र नभई स्कुल प्रशासन, समग्र शिक्षा क्षेत्र र हाम्राे शैक्षिक प्रणाली संग पनि जाेडएकाे छ ।

के हाम्राे शिक्षा क्षेत्र संस्कार, अनुशासन, प्रबिधि र सीप संग नजाेडिए कै कारण हाम्रा युवा विद्यार्थी यस्ता कुर अपराधमा संलग्न भएका हुन् ? आज याे घटना गाेपीनाला संग मात्र हाेइन पछिल्लो एक महिना भित्र देशका विभिन्न ठाउँमा भएका अपराधिक घटनामा प्राय युवा विद्यार्थीहरू कै संलग्न देखिनुलाई के नजर अन्दाज गर्न सकिन्छ । के याे हत्या एक प्रेम प्राप्तीका लागि मात्र थियाे त ? थियाे पनि कुर हत्या आवश्यकता किन पर्याे त ? प्रेममा मिलन, बिछाेड, त्याग र बलिदानी पाे हुन्छ । प्रेममा त कसैले कसैकाे हत्या गर्ने अनि प्राण लिने बिषय नै आउँदैन । यदि उनीहरू बीच साँच्ची कै चाेखाे प्रेमकाे लागि नै थियाे भने याे हत्या भन्ने बिषय बिषय कहाँबाट आयाे त ? त्याे पनि प्रेम दुई जना बीच थियाे भने निर्धाेस साथी बनेर संगै गएकाे साथी प्रधानकाे हत्या किन ? जसकाे याे प्रेम सम्बन्ध संग कुनै सम्बन्ध नै थिएन बिचार त्याे निर्धाेस् प्रधानकाे हत्या किन गरियाे त ? यसले त झनै साेच्न समेत नसकिने गम्भीर प्रश्न उठेकाे छ । के उनीहरूकाे प्रेमकाे बीचकाे बाधक मृतक स्मित थिए त ? प्रहरीले गरेकाे घटनाकाे प्रराम्भिक अनुसन्धान र प्रकाउ परेका अभियुक्तहरूकाे बयानले पनि त्यसाे भन्दैन । साथी संगै साथीकाे प्रेमी भेट्न जानु नै उनकाे मृत्युकाे कारण कसरी बन्न पुग्याे ?

यदि बिवाद थियाे भने ती हत्यामा संलग्न युवती, घाइते भएका ती यवतीकाे प्रेमी युवक र हत्यामा संलग्न आर्काे प्रेमी युवक बीच नै थियाे नी । जुन प्रराम्भिक प्रहरीकाे अनुसन्धानले देखाएकाे छ । एउटा युवतीलाई दुई जनाले प्रेम गर्नु वा मन पराउनु स्वभाविक पनि थियाे हाेला । तर त्याे बिबाद ती युवतीले आफै पनि हल गर्न सक्थिन हाेला । उनी जाे संग चाहेकाे भए उनै संग प्रेम सम्बन्धमा बस्न पनि सक्थिन, त्याे उनकाे व्यक्तिगत अधिकार पनि हाे । तर ती युवतीले घाईते प्रेमीलाई म्यासेज गरेर जन्मदिन मनाउन भनेर राती खेतमा बाेलाउनुकाे कारण के थियाे ? जन्मदिन त कुनै हाेटेल, रेष्टुरेन्टमा मनाउन सकिन्थ्याे नी । तर खेतमा किन बाेलाईयाे ? अनि उनी रातकाे समय भएकाेले आफ्नाे साथीलाई लिएर जानू स्वभाविक पनि थियाे । उनी साथीकाे प्रेमीकाे जन्मदिन मनाउन जानू नै अभिसाप हाे त ? अर्थात मृत्यु हाे त ? प्रेम तीन जना बीच अनि हत्या अरूकाे किन हुन पुग्याे ? सायद बिषयमा पछि प्रहरी अनुसन्धानबाट बिस्तारै खुल्दै पनि जानेछ ।

त्यति मात्र हाेइन याे घटना संग सम्बन्धित पछिल्लो घटनाक्रम र प्रहरी अनुसन्धानले खुलेकाे पछिल्लाे तथ्यलाई मात्र हेर्ने हाे भने प्रहरी स्वयम् आफै चकित परेकाे छ । प्रहरीले समेत यी उमेरका युवायुवतीबाट कल्पना गर्न नसकेकाे घटना कसरी भयाे ? तथ्य, प्रमाण र उनीहरूले दिएकाे प्रारम्भिक बयानबाट घटनाका बिषयमा स्वीकार गरेका बिषयलाई मात्र हेर्दा समेत ती तीन जनाले यति ठुलाे हत्या कसरी गर्न सक्छन् ? याे प्रश्न हाम्राे लागि मात्र नभई प्रहरी र अनुसन्धानका लागि गम्भीर प्रश्न बनेकाे छ । प्रहरी अनुसन्धान, तथ्य, प्रमाण र उनीहरूले दिने बिस्तृत बयान थप रहस्य खुल्ने नै छन् । याे प्रहरी अनुसन्धान र अदालतकाे बिषय पनि हाे । यस बिषयमा म धेरै बाेल्न र लेख्न पनि मिल्दैन ।

तर मेराे प्रश्न यति मात्र हाे कि ? अबका नयाँ युवायुवती, किशाेरकिशाेरीलाई कसरी सुरक्षित बनाउन सकिन्छ ? उनिहरूलाई यस्ता अपराधिक घटना र लागूऔषधबाट कसरी टाढा राख्न सकिन्छ ? उनीहरूलाई अनुशासन, संस्कार, सिप, उत्पादन र प्रबिधि संग कसरी जाेड्न सकिन्छ ? त्यति मात्र हाेइन उनीहरूलाई परिवार र समाज प्रति कसरी जिम्मेवार तथा कर्तब्यबाेध बनाउन सकिन्छ ? याे गम्भीर चिन्तन मात्र हाेइन, नितान्त आजकाे आवश्यकता हाे । अब किताबी ज्ञान र घाेकन्ते शिक्षाले मात्र हामीले खाेजेकाे अनुशासित तथा संस्कारयुक्त युवा पुस्ता र सभ्य समाजकाे परिकल्पना असम्भव निश्चत नै छ ।

अहिलेकाे हाम्राे वर्तमान शिक्षा प्रणाली, प्रयाेग बिहिन पाठ्यक्रम, शिक्षण सिकाई विधि, एकल परिवार, उच्चतम् प्रविधिकाे विकास तथा गलत प्रयाेग नै यी र यस्ता अपराधिक घटनाका मुख्य कारण हुन् । तसर्थ अब अपराधमुक्त तथा सभ्य समाज निर्माणका लागि सिङ्गाे अभिभावक, परिवार, समाज, राजनीतिक नेतृत्व अझ बढी जिम्मेवार र जवाफदेही बन्न जरूरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation