शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

फागुनभित्रै सबै सरकारी सवारीले इम्बोस्ड नम्बर जडान गर्नुपर्ने

यातायात व्यवस्था विभागले आगामी फागुनभित्रै सबै सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने निर्णय गरेको छ ।

विभागले फागुन २०७९ भित्रै संघ, प्रदेश र स्थानीय तह, संस्थानसहितका सबै तहमा सञ्चालन हुने सरकारी सवारी साधनलाई इम्बोस्ड नम्बर जडान गर्न परिपत्रसमेत गरेको छ ।

विभागले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशैभर सञ्चालन हुने सम्पूर्ण सवारी साधनमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने गरी निर्णय गरेको छ ।

इम्बोस्ड नम्बर जडान गर्न यातायात व्यवस्था विभागको वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्ने छ ।

अनलाइन फारम भरेर नजिकको यातायात व्यवस्था कार्यालयमा राजस्व तिरेर इम्बोस्ड नम्बर लिन सकिने व्यवस्था पनि गरेको विभागले जानकारी दिएको छ ।

इम्बोस्ड नम्बर उच्च सुरक्षा तथा प्रविधियुक्त भएकाले चोरी निकासी नियन्त्रण, राजस्व छलि रोक्ने र अपराधीकरण हुनबाट नियन्त्रण गर्न सकिने भएकाले सबै सवारी साधनले अनिवार्य जडान गर्नुपर्ने विभागले भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation