मङ्लबार, माघ २८, २०८२

चुनाव जितेसँगै रवि लामिछानेले मागे भ्रष्टाचारीका सूचना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेसँगै भ्रष्टहरुबारे सूचना मागेका छन् । चितवनस्थित विभिन्न स्थानमा गरिने धन्यवाद सभामा सुझाव माग्न बाक्सा नै राखिएको जानकारी दिँदै लामिछानेले भ्रष्टाचारबारे सूचना माग गरेका हुन् ।

‘मेरो सभा हुने ठाउँहरूमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा समस्या पेटिका लेखिएको हुनेछ। त्यसमा  तपाईंका समस्या लेखेर खसाउनुहोला। अर्को बाकसमा उजुरी, समस्या, सुझाव पेटिका  लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सूचना, मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनुहोला’, लामिछानेले भनेका छन् ।

लामिछाने नेतृत्वको पार्टीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation