
दाङ । घोराही तुलसीपुरको फोरलेन सडकको काम १५ दिनभित्र अगाडी नबढाए ठेक्का संम्झौता रद्ध हुने भएको छ ।
सडक निर्माणको बिषयमा भईरहेको ढिला सुस्तिका सम्बन्धका दाङ क्षेत्र नं.२ बाट नवनिर्वाचित सांसद रेखा शर्मा र प्रदेश सांसदहरु राजु खनाल,प्रचण्ड विक्रम न्यौपाने, प्रमुख जिल्ला अधिकारी, सडक सुधार तथा बिकास आयोजना काठमाडौका निर्देशक चुडाराज दाहाल,उपनिर्देशक शिब दाहल र ठेकदार सहभागि भएको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अबको १५ दिनभित्र १ प्रतिशत भौतिक हासिल हुनेगरी काम गर्ने निर्णय गरेको हो । साथै उक्त बैठकले आज मंसिर ११ गतेको दिन देखि पुष ११ सम्म १६ प्रतिशत भौतिक प्रगतिको काम हुन नसके सडक निर्माणको ठेक्का सम्झौता रद्ध गरिने लिखित सहमति भएको सडक सुधार तथा बिकास आयोजनाका निर्देशक चुडाराज दाहालले जानकारी दिनुभयो ।
बैठकमा सहभागि निर्माण व्यवसायी सुवास श्रेष्ठले एक महिनाभित्र अलपत्र सडकको काम गर्न नसके उक्त निर्णय प्रकृया बिरुद्ध निर्माण कम्पनी मुद्धा मामिला र कुनै अदालती प्रकृयामा नजाने लखित सहमति गर्नु भएको हो ।
२०७६ असारबाट निर्माण सुरु भएको यस खण्डको अहिलेसम्म १० प्रतिशत मात्र काम भएको छ ।
घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्मको २८ दशमलव १९ किलोमिटर सडक फोरलेन बनाउनु पर्नेमा अहिलेसम्म सडकछेउको जमिन कटान गर्नेबाहेक अरू केही काम हुन सकेको छैन ।
भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट नेपालको श्रेष्ठ कन्ट्रक्शनले ठेक्का पाएको छ । यो सडकखण्डको निर्माणका लागि एक अर्ब २१ करोड बजेट रहेको छ। सडक निर्माणका लागि भारतको एक्जिम बैङ्क र भारतीय दुताबास बजेटका बिषयमा छलफल भईरहेको लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले जानकारी दिनुभयो ।