शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङको तुलसीपुरमा लाग्ने महोत्सव स्थगित

तुलसीपुर  । युथ्स अफ तुलसीपुरले बिहीबारदेखि लगाउने भनिएको महोत्सव हाललाई स्थगित भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले विरोध गरेपछि हाललाई महोत्सव नहुने भएको हो ।

उद्योग वाणिज्य संघ र आयोजकबीच ४ बुँदे सहमतिमा महोत्सव हाललाई स्थगित गरिएको हो । यदि आयोजकले पुनः मेला महोत्सव सञ्चालन गर्न चाहेमा मेला महोत्सवमा राख्नुपर्ने व्यापारिक सरसामानको सूची उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले तोकेबमोजिम हुने र उक्त सूचीको विवरण ५ दिनभित्र वाणिज्य संघ र चेम्बर अफ कमर्शले पेश गर्नुपर्ने गरी वाणिज्य संघ र मेला आयोजकबीच सहमति भएको छ ।

त्यस्तै आगामी दिनमा उद्योग वाणिज्य, व्यापार व्यवसायसँग सम्बन्धित मेला महोत्सव सञ्चालन गर्न उपमहानगरबाट कार्यविधि बनाएर लागू गर्नुपर्ने र कार्यविधि स्वीकृत गरेर लागू नभएसम्म कुनै पनि व्यक्ति, संघ संस्था आदिबाट कुनै पनि किसिमका व्यापारिक मेला महोत्सव सञ्चालन गर्न नपाउने सहमति भएको छ ।

त्यस्तै कार्यविधि स्वीकृत नभएसम्म कुनै पनि किसिमका व्यापारिक मेला महोत्सव लगाउन आवश्यक देखिएमा वाणिज्य संघ र चेम्बर अफ कमर्श तथा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको सिफारिसमा उपमहानगरले अनुमति दिनुपर्ने सहमति भएको छ ।

महोत्सव लगाउन नदिन तुलसीपुरका व्यवसायीले बुधबारदेखि विरोध गर्दै आएका थिए। विरोध स्वरूप तुलसीपुर बजार नै बन्द गराएका थिए । बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, व्यापारी लगायतले तुलसीपुर उपमहानगरमा तालाबन्दी समेत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation