सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सडक मिचेर बनाइएका संरचना १५ दिन भित्र हटाउन निर्देशन

दाङ । महेन्द्र राजमार्ग (पूर्वपश्चिम राजमार्ग) अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन सडक डिभिजन कार्यालय दाङले निर्देशन दिएको छ ।

सडक डिभिजन कार्यालय दाङले मंगलबार देखि लागु हुने गरि १५ दिने सूचना जारी गरि राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संरचना हटाउन निर्देशन गरेको हो ।

जारी सूचनामा दाङ खण्डको धानखोला देखि शिवखोला सम्मको सडकको केन्द्रबिन्दुबाट दायाँ, बाँया ३१/३१ मिटर भित्र रहेका संरचना हटाउन निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दाङका प्रमुखको हस्ताक्षर रहेको सूचना अनुसार १५ दिन भित्र सम्पूर्ण संरचना हटाउन निर्देशन दिइएको हो ।

मंसिर २० गते देखि लागु हुने गरी पुस ५ गते भित्र भित्र नहटाएमा आफै हटाउने समेत सडक डिभिजन कार्यालय दाङको तयारी रहेको छ । साथै संरचना खालि गर्दा/गराउँदा लागेको सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ती वा संस्थाबाट असुल उपर गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।

सडक डिभिजन कार्यालयले धानखोलादेखि शिवखोला क्षेत्रका तीन वटा पालिकालाई पनि यो सूचना प्रकाशन गरिदिनकालागि अनुरोध गरेको छ । कार्यालयले राप्ती गाउँपालिका, गढवा गाउँपालिका र लमही नगरपालिकालाई पत्र लेख्दै सबै वडाको सूचना पार्टीमा सूचना टाँस गर्नकालागि समेत पत्राचार गरेको छ ।                         

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation