मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

बिहेको भोज खाएर बिरामी हुनेको संख्या एक सय पुग्यो

पाल्पाको चिर्तङधारामा विवाहको भोज खाँदा एक सय जना बिरामी भएका छन् । गत शनिबार बगनासकाली-१, चिर्तुङ्धारास्थित दानबहादुर गाहाको छोरीको बिहे भोज खाएर बिरामी हुने मानिसको सङ्ख्या बढेर सय बढी पुगेको स्थानीयवासीले जानकारी दिएका छन् ।

गाउँमा सबै घरमा तीन / चार जना मानिस बिरामी भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहेमा भोज खाएका सबैलाई झाडापखाला लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । भोज खाएर बिरामी भएकालाई उपचार गर्न गाउँपालिकाले चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । गाहाको छोरीको बिहेमा भोज खाएर बिरामी परेकाको उपचारका लागि पालिकाले स्वास्थ्यकर्मी खटाएको हो ।

भोज खाएर बिरामी भएकाको पहिचान गर्न र उपचार गर्न एक जना चिकित्सकको नेतृत्वमा ११ जना स्वास्थ्यकर्मी खटाइएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताइन् । बिरामी परेकामध्ये सोमबार र मङ्गलबार गरी १५ जना तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका छन् । सोमबार चार जना भर्ना भएकामा मङ्गलबार ११ जना बिरामीलाई भर्ना गरेर थप उपचार गरिएको तानसेनस्थित मिसन अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले जानकारी दिए । बिरामी परेकामा ‘फुड प्वाइजनिङ’ को समस्या देखिएको उनले बताए । भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु गोभीको तरकारी, मेवाको अचार, आलु र मुलाको अचार परिकार थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation