चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार कोभिड १९ को ट्रिएज प्रोटोकल जारी गरेको छ ।
जोखिममा रहेका तथा गम्भीर खालका बिरामीलाई समयमै नियमित स्वास्थ्य सेवा दिनका लागि उक्त प्रोटोकल जारी गरिएको हो । ट्रिएज गम्भीर खालका बिरामीलाई गरिने उपचार विधि हो
लक्षणविहीन र लक्षण देखिएका बिरामीले घरमै सुरक्षित भएर बस्ने र आवश्यक परामर्श लिन सक्ने छन् भने जेष्ठ नागरिकका लागि आवश्यकता अनुसार स्वास्थ्यकर्मीले घरघरमै गएर स्वास्थ्य सेवा दिने छन् ।
प्रोटोकलमा कोभिड १९ का बिरामीलाई तीन भागमा वर्गीकरण गरिएको छ । सोही अनुसार उपचारको व्यवस्था गरिएको छ ।
भि १९ का गम्भीर खालका बिरामीलाई तोकिएका अस्पतालमा नै उपचार गरिने छ । निमोनिया लगायतका जटिल समस्या भएकालाई उच्च-स्तरीय तोकिएका अस्पतालहरूमा जानुपर्ने व्यवस्था गरिएको छ ।
पहिलेदेखि नै अन्य ठूला रोग लागेर कोभिड संक्रमणले जटिल बनाएकालाई सोही अनुसार तोकिएका अस्पतालमा लैजान पर्नेछ ।
सूचना अनुसार कोभिड १९ को समुदायस्तरमा सर्वे गर्ने, एन्टिजेन परीक्षण गर्ने र परम्परागत औषधि स्टक राख्ने भनिएको छ ।