बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मुख्यमन्त्रीको कार्यालय स्थायी राजधानी देउखुरीमा सरेपछि बढ्यो चहलपहल

दाङ । मुख्यमन्त्रीकाे सम्पूर्ण सामान स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा आए संगै साेमबार बिहानै देखि  दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं. ३ साबिक राप्ती प्राविधिक शिक्षालयमा बेग्लै चहल पहल बढ्न थालेकाे छ ।

यसअघि सयौं विद्यार्थी अध्ययन गर्दा भन्दा अब फरक खाले चहलपहल देखिन थालेको स्थानीय बताउँछन् । अब यहाँ सेना प्रहरीका गाडीहरू बाक्लै आउन थालेका छन्,’ एक स्थानीयले भने, ‘साइरन बजाउँदै झण्डा हालेका गाडीहरु आउँदा बेग्लै अनुभूत हुन थालेको छ ।’

स्थानीय सर्वसाधारणदेखि जिल्ला र जिल्ला बाहिरका राजनीतिक दलका नेताहरु त्यहाँ आउने क्रम बढ्न थालेको स्थानीय महेश अधिकारीले बताए ।  ‘गाडीको ओहोर दोहोर बाक्लो बन्दै गएको छ ।

उनले भने, ‘सुरक्षाकर्मीको ओहोर दोहोर उत्तिकै बढेको छ । जसले गर्दा आजभोलि यहाँको परिदृष्य रोमाञ्चक देखिन्छ ।’ दुई वर्ष दुई महिना पहिले प्रदेश सभाको बहुमत सदस्यले १८ बिगाहा क्षेत्रफलमा रहेको यो शिक्षालयलाई लुम्बिनी प्रदेशको मुकाम तोकेको थियो ।

झन्डै ३० वर्ष शिक्षालय निर्माण गरि प्राविधिक विषय पढाई हुँदै आएको थियो । शिक्षालय झन्डै १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थान्तरण गरि त्यहीँ शिक्षालय भित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ब्यवस्थापनको काम भइरहेको छ।

यहाँ साना ठूला गरि २४ वटा भवन छन् । प्रदेश सभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हाल वाइरिङ, रङदेखि जिप्सन लगाउने काम धमाधम भइरहेको छ । दुई मन्त्रालय यहाँ पहिलै स्थान्तरण भइसकेका थिए । तर, काम भने बुटवलबाटै हुँदै आएको थियो ।

सोमबार मध्यराति लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट सारिएएको थियो । अब अन्य मन्त्रालय पनि क्रमिक रुपमा आउने निश्चित भएको छ । निकट भविश्यमै प्रदेशसभाको पहिलो बैठक बस्ने, नयाँ मुख्यमन्त्री तथा मन्त्रीको सपथ पनि स्थायी राजधानीमै गराउने गरि काम धमाधम भइरहेको छ ।

मुख्यमन्त्री र मुख्य सचिवको कार्यालयका सामाग्री ब्यबस्थापनमा कर्मचारीदेखि सचिवायलयका मानिसहरु खटिएका छन् । कुर्सी टेवल, सोफा मिलाउनेदेखि मुख्य मन्त्रीको कार्यालय सजाउने, सचिवायल ब्यवस्थापनको काम भइरहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation