शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सजिदैछ्न् प्रतीक्षालय तथा अन्य ठाउँहरु, मुहार फेर्दै देउखुरी उपत्यकाले

भालुबाङ । मर्मत सम्भारको अभावमा थिए, राजमार्ग छेउछाउका प्रतीक्षालय । राजधानी स्थापना र कार्यान्वयन शुरु भएपछि ती प्रतीक्षालयले नयाँ जीवन पाए । अर्थात सरसफाइ गरेर रंगरोगन गर्न थालियो ।

पूर्वमा धानखोलादेखि पश्चिममा शिवखोलासम्म दर्जनौं बस विसौनी छन् । अहिले पूर्वमा धानखोलादेखि पश्चिममा सिसहनियाँ सम्मका प्रतीक्षालयमा पहेँलो रङ लगाउने काम भएको छ ।                                                                                         

उद्योग वाणिज्य संघको अगुवाइमा प्रतीक्षालय तथा सार्वजनिक संरचना रंगरोगन गर्ने काम भइरहेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए ।

राप्ती उद्योग वाणिज्य संघको क्षेत्रभित्र १४ वटा बस विसौनी र सिसहनियाँ उद्योग वाणिज्य संघको क्षेत्रमा आठवटा छन् । ‘राजधानीको स्वागत गर्न सरसफाइ र सजावटको काम भइरहेको छ’ अध्यक्ष खड्काले भने । ‘ उनले जनस्तरबाट राजधानीको स्वागतको तयारी अघि बढेको बताए ।’                                         

भालुबाङ बजार, लालमटिया, मसुरिया, मौरीघाट, सिसहनिया लगायतका स्थानमा रहेका बस बिसौनी तथा प्रतीक्षालयमा नयाँ रंग लगाइएको छ । राजमार्ग किनारमा बढेका झाडीसमेत सफाइ गर्न थालिएको छ ।

बजार क्षेत्र तथा मूल सडकहरुमा पर्ने चोकहरुमा स्वागतद्वार निर्माण, प्रतीक्षालय रंगरोगन र सरसफाइ गर्ने काम धमाधम भइरहेको हो । राजधानीको मुख्य द्वारको रुपमा रहेको भालुबाङ बजार स्थित भालुबाङको क्यारी रंगरोहन तथा सरसफाइ गरिएको छ ।                                                                                       

राजधानी परिसरभित्र सरफाइको काम सकिएको र बाँकी बाहिरी क्षेत्रमा पनि काम चलिरहेको सरसफाइ तथा सौन्दर्यकरण उपसमितिका संयोजक श्यामेश चौधरीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation