शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

म्याराथनको उपाधि सेनाका धावक खड्कालाई

नेपालगन्ज । नेपाली सेनाका धावक खड्गबहादुर खड्काले आठौं धारा नेपालगन्जको उपाधि जितेका छन् ।

नेपालगन्जमा शनिबार आयोजना गरिएको प्रतियोगितामा धावक खड्काले २ घण्टा २० मिनेट २९ सेकेन्डमा ४२.१९५ किलोमिटरको दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन् । म्याराथन विजेता खड्काले १ लाख ५० हजार रुपैयाँ र प्रमाणपत्र पाए ।

सेनाका खेलाडीद्वय नरेन्द्र रावतले २ घण्टा २२ मिनेट ३० सेकेन्डमा दूरी पार गरेर दोस्रो र मोहनदेव जोशीले २ घण्टा २४ मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरेर तेस्रो भएका थिए । २ घण्टा ४१ मिनेट ५७ सेकेन्डमा दूरी पूरा गर्दै कमलराज तिमिल्सैना चौथो भए । दोस्रो भएका खड्काले ६० हजार, तेस्रो भएका जोशीले ३० हजार र चौथो भएका तिमिल्सैनाले २५ हजार रुपैयाँ पाए ।

पाँचौ रेवत दाहाल, छैठौ यामदेव राई, सातौ बाल सुनार र आठौं स्थानमा विकास यादव यादव आएका थिए । पाँचौ, छैठौ, सातौं र आठौंलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ६ हजार रुपैयाँ प्रदान गरिएको थियो । महिलातर्फ हाफ म्याराथनमा सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले उपाधि जितिन् । उनको यो लगातार दोस्रो उपाधि हो । २१ किलोमिटरको दूरी श्रेष्ठले एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा पूरा गरेर प्रथम भएकी हुन् । भारत देहरादूनकी अञ्जली चौहानले एक घण्टा २५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र एक घण्टा ३६ मिनेट ४४ सेकेण्डमा दूरी पूरा गरेर अञ्जु खड्का तेस्रो भइन् । बिन्दु हमाल चौथो, संगीता विष्ट पाँचौं, यमुना थापा छैठौ सीता गुरुङ सातौं भए हाफ म्याराथनमा प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छेठौलाई ७ हजार र सातौलाई ६ हजार रुपैयाँ प्रदान गरियो ।

१० किलोमिटर पुरुष खुला दौडमा मुकेशबहादुर पाल प्रथम, भुवन राना दोस्रो र सुशील रामजाली मगर तेस्रो भए । उनीहरूले क्रमश: ३० हजार, १५ हजार र १० हजार रुपैयाँ पाए । ५ किलोमिटर महिला खुल्लामा राजपुरा पछाइ प्रथम, राममाया बुढा दोस्रो र विमला कार्की तेस्रो भए । उनीहरूलाई क्रमशः २० हजार, १० हजार र ७ हजार रुपैयाँ दिइयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation