मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

कोशीमा भीषण बाढीपछि हाई अलर्ट जारी, सर्बसाधारणलाइ सुरक्षीत स्थानमा सारियो

कोशी नदीमा भीषण बाढी आएपछि हाई अलर्ट जारी गरिएको छ । पानीको ठुलो बहाव वराहक्षेत्रमा देखिएको र कोशीमा बाढीको मात्रा बढ्दै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
शनिवार दिउँसो १ बजेसम्म पानीको बहाव मापन गर्दा २ लाख १० हजार क्युसेक बहाव रहेको यादवले बताए ।
बाढीको मात्रा बढ्दै आएपनि सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको कोशीको पूर्वी भागमा तत्कालै प्रभाव नपार्ने उनले बताए । कोशीको श्रीलंका टापुमा भने जोखिम बढाएको र सो क्षेत्रमा बाढीको असर बढेमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी निरन्तर सम्पर्कमा रहेका छन् । बाढीको जोखिम धेरै रहेको स्थानमा तत्काल उद्धारका लागि संयन्त्र व्यवस्थापन गरिएको उनले बताए ।
कोशी ब्यारेजले ९ लाख क्युसेक पानीको वहाव धान्न सक्ने बताइए पनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्युसेक माथिको बहावलाई प्राविधिकहरूले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् । बराह क्षेत्रमा देखिएको पानी कोशी ब्यारेजको मापनमा आइपुग्दा ५ लाख क्युसेकको हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation