सोमवार, मंसिर २४, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राष्ट्रपतिलाई आज निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले यही ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन लागेको हो ।

यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो । आयोगले प्रतिवेदन पेस गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन् ।

यससँगै नयाँ सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ । प्रदेशतर्फको विवरण भने आयोगले आगामी २ पुसमा प्रदेश प्रमुखसमक्ष पेस गर्ने तयारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation