मलेसियामा दुई नेपालीको हत्या गर्ने एक नेपालीविरुद्ध त्यहाँको अदालतमा मुद्दा दर्ता भएको छ ।
गत ३ डिसेम्बरका दिन मलेसियाको सेरेम्बानस्थित एक रेस्टुरेन्टमा हथौडाले हानेर ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियारको हत्या गरेको अभियोगमा ३७ वर्षीय नेपाली ठाकुरप्रसाद भण्डारीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
विगत लामो समयदेखि मलेसियामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका भण्डारीले सेक्युरिटी गार्डको रूपमा काम गर्दै चौधरी र दमाईको हत्या गरेको हुनसक्ने भन्दै त्यहाँको म्याजिस्ट्रेट अदालतमा मुद्दा दायर गरिएको छ ।
उनले डिसेम्बर ३ तारिखका दिन बिहान ९:०८ देखि साँझ ४:४८ बजेसम्म दुवै अपराध गरेको मलेसियन प्रहरीले जनाएको छ । अभियुक्त भण्डारीलाई दण्ड संहिताको धारा ३०२ अन्तर्गत अभियोग लगाइएको र जसमा दोषी ठहरिए अनिवार्य मृत्युदण्डको सजाय हुनेछ ।
अभियुक्त उक्त क्षेत्रमा कामदारका लागि क्यान्टिनको रूपमा काम गर्ने परिसरमा म्यानेजर भएको र पीडित दुवै जना सुरक्षा गार्डको रूपमा कार्यरत रहेको बताइएको छ ।
उनले दुवै जनालाई हथौडाले हानेर हत्या गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार घटनास्थलमा एक हथौडा पनि फेला परेको थियो । मदिराको नशामा रहेको आशंका गरिएका अभियुक्त पनि घटनास्थलमा फेला परेका थिए ।