शनिबार, चैत्र ७, २०८२

गाउँपालिका अध्यक्ष बिरुद्ध स्टाटस लेखेको उजुरी, राप्ती बचाउ अभियानको नाममा फेसवुक चलाउने खनाल प्रहरी नियन्त्रणमा

दाङ । साइवर अपराध सम्बन्धि अभियोगमा दाङमा एक जना पक्राउ परेका छन । राप्ती बचाउ अभियानको नाममा फेसवुक खाता खोलेर राप्ती गाउँपालिकाका अध्यक्षको बिरुद्धमा जथाभावी स्टाटस लेखेको उजुरीको आधारमा अनुसन्धानको लागि राप्ती गाउँपालिका–१ निवासी विशेश्वर खनाल(विपि)लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

‘साइइवर व्यूरोले मुद्दा हेर्छ । हामीले अनुसन्धानको लागि काठमाडौं पठाउछौं । मुद्दा चल्ने अवस्था आए उतैबाट चल्छ’ गौतमले भने ‘सामाजिक सञ्जालमा राप्ती बचाउ अभियानको नाम दिएर धेरै लापरबाही देखियो । यसमा अनुसन्धानको लागि उहाँलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालयमा राखेका छौं ।’

उनी राप्ती गाउँपालिकाका अध्यक्षका राजनितीक सल्लाहकार समेत हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation