बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङ देउखुरीका दुई अस्पतालमा अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् ।

‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं. ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको भालुबाङ अस्पतालबाट लिन सकिने छ ।

उक्त कार्यक्रम सञ्चालन भएकाले अब देउखुरी उपत्यका क्षेत्रका मुटुका बिरामीहरुले कम खर्चमा विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो । ‘मुटु विशेषज्ञहरुलाई जचाउनकै लागि दाङ भन्दा बाहिर जान अब पर्दैन, अनलाइनबाटै परामर्श लिन सकिने भएकाले यो सेवाबाट गरीब तथा विपन्न वर्ग लाभान्वित हुन्छन्,’ अध्यक्ष विष्टले भन्नुभयो ।

राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा उक्त सेवा शुभारम्भ गरिएको हो । दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले विरामीहरुको मुटुको ईसीजी गरी सो सेवाको शुभारम्भ गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation