शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

अनिश्चितकालका लागि अनेरास्ववियु द्वारा यातायात बन्दको घोषणा

बाजुरा । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्चित कालका लागि यातायात बन्दको घोषणा गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले पक्राउ गर्न लापरबाही गरेको भन्दै छानबिनमा दबाब दिन यातायात बन्द गरिएको अनेरास्ववियूले जनाएको छ ।

विद्यार्थी नेता चेतन अयडीको न्यायका लागि आन्दोलन जारी रहने पनि अनेरास्ववियु बाजुराले जनाएको छ । साथै उक्त न्यायको आन्दोलनमा सम्पूर्ण जिल्ला बासीहरूले सहयोग गरिदिन पनि अनेरास्ववियु बाजुराले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation