शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि

कतार । अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ। आइतबार राति कतारको दोहास्थित लुसेल रंगशालामा अतिरिक्त समयसम्म २-२ को बराबरी भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो ।

पेनाल्टीमा फ्रान्सका किङ्ग्स्ली कोम्यान र औरेलिन चोआमेनी गोल गर्न चुक्दा अर्जेन्टिना विजयी भयो ।

कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो । मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।                                   

ओमाने डेम्बेलेले एन्जल डी मारियालाई फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

एन्जल डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका थिए ।

फ्रेन्च डिफेन्डर थिओ हर्नान्डेजको गल्तीमा अर्जेन्टिनाले १७ औं मिनेटमा सुन्दर मौका पाएको थियो । तर, एन्जल डी मारियाले गरेको प्रहार आकासिएको थियो ।

पहिलो हाफमा बल सम्हालिन नसक्दा २-० ले पछाडि परेको फ्रान्सले दोस्रो हाफमा नाटकीय पुनरागमन गरेको थियो । कोलो मुआनीलाई अर्जेन्टाइन डिफेन्डर निकोलस ओटामेन्डीले फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै किलियान एम्बाप्पेले एक गोल फर्काएका थिए । त्यसको एक मिनेट नबित्दै एम्बाप्पेले पुनः गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अतिरिक्त समयमा मेसीले एक गोल गर्दै अर्जेन्टिनालाई जित नजिक पुर्याएका थिए । तर फ्रान्सले पुन पेनाल्टी पाएपछि एम्बाप्पले फेरि बराबरीमा पुर्याएका थिए ।

सन् १९७८ मा पहिलो पटक विश्वकप विजेता बनेको अर्जेन्टिनाको यो तेस्रो उपाधि हो । यसअघि सन् १९८६ मा डिएगो म्याराडोनाको प्रेरणामा अर्जेन्टिनाले दोस्रो तथा पछिल्लो पटक विश्वकप जितेको थियो । सन् २०१४ मा अर्जेन्टिनाई फाइनलसम्म पुर्याएर पराजित भएका मेसी अन्ततः विश्वकप जिताउन सफल भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation