शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दलकाे नेता चुनिएलगत्तै रवि लामिछाने बालुवाटारमा : देउवाले साेधे- के छ विचार ?

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेतासँग छलफल गरेका छन् ।

राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गरेपछि प्रधानमन्त्री देउवा र रास्वपाका नेताबीच बालुवाटारमा हिजो भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनेबारे सोधेको प्रवक्ता मुकुल ढकालले बताए ।

‘सरकार गठनका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले हाम्रो धारणा सोध्नुभयो,’ ढकालले भने, ‘हाम्रो एजेन्डामा प्रतिबद्ध हुनुपर्ने बताएका छौँ ।’

हिजो संसदीय दलको नेता चयन भएलगत्तै सभापति लामिछानेसहितका नेताले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन् । पार्टीले सरकारमा जाने वा नजाने निर्णय गर्ने अधिकार पार्टी सभापति एवं संसदीय दलका नेता लामिछानेलाई दिइएको प्रवक्ता ढकालले बताए ।

यसअघि सरकार गठनबारे रास्वपाका नेताले एमाले अध्यक्ष केपी ओलीसँग पनि छलफल गरेका थिए । २० सिट प्राप्त गरेको रास्वपा संसदको चौंथो शक्ति हो । आफूहरूको एजेन्डामा प्रतिबद्धता जनाएमा सरकारमा जाने संकेत रास्वपाले दिँदै आएको छ । विगतमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्ने, जनजीविकाका मुद्दा लगायतका प्रतिबद्धतामा जनाउनु पर्ने रास्वपाको अडान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation