
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच छलफल सुरु भएको छ ।
होटल एम्बासडरमा भइरहेको छलफलमा संसदीय दलको चुनावमा मिलेर जाने विषयमा कुराकानी भइरहेको छ ।
दुवै पक्ष मिलेमा सभापति शेरबहादुर देउवालाई रोक्न सकिन्छ भन्नेमा दुवै नेता सहमत छन् । तर कस्ले उम्मेदवारी नदिने भनेर सहमति जुटेको छैन ।
संसदीय दलको नेताको लागि आजै उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । बैठकमा धनराज गुरुङ, चन्द्र भण्डारी, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल, बलबहादुर केसी र दिलेन्द्र बडू लगायतका नेता सहभागी छन् ।