बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो

काठमाण्डाै । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेपछि सुरू भएको मतदान झन्डै २ घन्टापछि सकिएको हो । कांग्रेसका ८९ सांसदले मतदान गरेका छन् । केहीबेरमा मतगणना सुरु गर्ने तयारी छ ।

संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा हुनुहुन्छ । संसदीय दलको नेतामा निर्वाचित हुनको लागि ४५ सांसदको मत चाहिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation