बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्रारम्भिक वातावरणीय परिक्षण (आई.ई.ई) गर्न सडक विभाग भू-वातावरण तथा सामाजिक शाखा चाकुपाट ललितपुर‌लाई अनुरोध

दाङको राप्ती गाउँपालिका भित्र रहेका क्रियाशिल राजनैतिक दलहरूको सर्वदलीय बैठक मंगलबार गाउँपालिकाकाे कार्यालय मसुरियामा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको बैठकले राप्ती गाउँपालिका वडा नं. ४ को श्रीनारायण चोक माैरीघाट देखि देवीकाेट, सिम्ले, पाँचपोखरी, बङ्गलाचुली हुँदै प्युठानकाे स्वर्गद्वारी सम्म जाेड्ने करिब ३२ किलोमिटर सडक स्तरोन्नतिका लागि प्रारम्भिक वातावरणीय परिक्षण (आई.ई.ई) गर्न सडक विभाग भू-वातावरण तथा सामाजिक शाखा चाकुपाट ललितपुर‌लाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।
बैठकमा नेपाली कांग्रेसका राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, नेकपा एमालेका सचिव भरतमणि न्यौपाने, नेकपा माओबादी केन्द्रका सचिव तुला गिरी, राष्ट्रिय जनमोर्चाका ठाकुर प्रसाद आचार्य, एकिकृत समाजवादी पार्टीका प्रतिनिधि झवी गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि टेकबहादुर गिरी, पूर्व गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, समाजसेवी तथा राजनीतिककर्मी होमप्रसाद शर्मा, केशव राज खनाल, वडा नं.४ का निवर्तमान वडा अध्यक्ष विष्णु घर्ती क्षेत्री, सुरज सोनाम, रणप्रसाद सुवेदी लगायतको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation