मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवाका २५ वटा सामुदायिक बिद्यालयका जग्गा मालपोत कार्यालयमा सुचिकृत

गढवा गाउँपालिका भित्र रहेका २५ वटा सामुदायिक बिद्यालयहरुको जग्गाहरु कुल ९१ बिगाह ७ कठ्ठा ८ धुर मालपोत कार्यालय लमही दाङमा सुचिकृत गरिएको छ ।

गढवा गाउँपालिकामा गठित सामुदायिक विद्यालय जग्गा ब्यवस्थापन समितिले मंगलवार गढवा गाउँपालिकामा पत्रकार सम्मेलन गरि सो जानकारी गराएको छ ।

२०७९ साउन ५ गते दिन गढवा गाउँपालिकाको शिक्षा शाखाले पालिकाभरका सरकारी बिद्यालयहरुका प्रधानाध्यापकहरु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु र शिक्षा सरोकारवालाहरु सबैलाई भेला गरी विद्यालयहरुको जग्गा विद्यालयको नाममा नभएका कारण विध्यालयको भवन निर्माण लगायतका अन्य समस्याको बारेमा बृहत छलफल गरेको र त्यही भेलाबाट जनता माध्यमिक विद्यालय गढवाका अध्यक्ष युवराज पोख्रेलको संयोजकत्वमा ९ सदस्यीय सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समिति गठन गरेको जग्गा ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सामुदायिक विध्यालयको जग्गा ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पालिकाले गर्नु पर्ने काम विद्यालय ब्यवस्थापन समिति बनाएर गरेको काम र सफल भएको भन्दै धन्यबाद समेत दिए ।

मालपोत कार्यालय लमही दाङमा सुचिकृत हुनु चानचुने कुरा नभएको बताउदै अध्यक्ष पोख्रेलले सुचिकृत पश्चात् हामीले एउटा ठुलो दस्ताबेज तयार पारेको र यसलाई आधार मानेर लालपुर्जाको प्रक्रिया अघि बढाइने जानकारी दिए । माथिल्लो निकायमा सहकार्य गरेर लालपुर्जाको प्रक्रिया थालनी गर्ने बताए । गढवा गाउँपालिकाको शिक्षा क्षेत्रमा सुधार गर्न सकिन्छ कि सकिन्न भन्ने जुन मनस्थिति थियो त्यो यो काम सफल भएपछी शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन जस्तो सुकै जोखिम मोल्न आफु तयार रहेको पालिका अध्यक्ष पोख्रेलले बताए ।

सामुदायिक विद्यालयहरुको जग्गा ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलले गुणस्तरीय शिक्षा चाहने अभिभावकहरुले विद्यालयलाई पनि ख्याल गर्नु पर्ने बताए । आफु हरुको प्रयास नेपालकै पहिलो सफल प्रयास भएको बताउदै अध्यक्ष पोख्रेलले पालिका भरीको सामुदायिक विद्यालयको जग्गा ब्यवस्थापन गर्न सामान्य नरहेको बताए ।

विद्यालयको नाममा लालपुर्जा नभएका कारण संघ र प्रदेश सरकारबाट प्रकाशित हुने सुचनाकालागि प्रस्तावना पेशगर्न कठिनाई भएको भेलामा बृहत्त छलफल गरिएको र त्यही अनुरुप ५ महिनाको समयावधिमा २५ ओटा सामुदायिक विद्यालयमाहरुको जग्गा ब्यवस्थापन कार्य सकाएको जानकारी दिए ।
समितिले कडा परीश्रम पश्चात ५ महिनामै काम सकेर सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समितिले मालपोत कार्यालय लमही दाङमा जग्गा सुचिकरण गरेको बैधानीक प्रमाण गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई मंगलवार हस्तान्तरण गरेको छ ।

८९ बिगाह १३ कट्ठा जग्गा गढवा गाउँपालिकाको सामुदायिक विद्यालयको नाममा सुचीकृत गरिएको मालपोत कार्यालय लमही दाङका प्रमुख मानबहादुर कुंवर द्वारा हस्ताक्षर गरिएको पत्र सार्वजनिक गरिएको छ ।

गढवा गाउँपालिकाका बाकी ४ बिद्यालयहरु जनता माबि कालाकाटे,रत्न प्राबि, दिपेन्द्र होमजून माबि र सरस्वती माबि गोबरडिहाको जग्गा सम्बन्धि कुनै समस्या नदेखिएको जग्गा ब्यवस्थापन समितिले जनाएको छ । जग्गा ब्यवस्थापन समितिमा संयोजक युवराज पोखे्रल र सदस्यहरुमा हुमान्त सुवेदी,रामसुरत यादव,हेमन्त चौधरी,गोबिन्द केसी, चित्रबहादुर रावत, अतिउल्ला मनिहार,सुब बहादुर कुमाल र राधेश्याम थारुकुमाल रहेका छन् ।

समितिले मालपोत कार्यालयमा सुचिकृत गरेका जग्गाहरुमा आधारभूत बिद्यालय बनघुस्रीको नाममा ५ बिगाह १६ कठ्ठा ४ धुर, आदर्श प्राबि बडहराको नाममा ७ बिगाह ६ कठ्ठा ४ धुर,माध्यमिक बिद्यालय पचहियाको नाममा १२ कठ्ठा,रात्री प्राबि पचहियाको नाममा १५ कठ्ठा,नमूना प्राबि महदेवाको नाममा ५ कठ्ठा, आदर्श रात्री आबि गोवरडिहाको नाममा २ बिगाह ९ कठ्ठा, सरस्वती प्राबि सुपैलाको ३ बिगाह र कालिका प्राबि पर्सेनीको नाममा १५ कठ्ठा जग्गा मालपोत कार्यालयमा सुचिकृत गरिएको जग्गा ब्यवस्थापन समितिका अध्यक्ष युवराज पोख्रेलले जानकारी दिए ।

यसैगरी मदरासा अहले सुन्नत दारुसलामको नाममा ३ कठ्ठा ९ धुर,प्राबि खजरौटाको नाममा २ बिगाह १० कठ्ठा,आधारभूत बिद्यालय कक्रहवाको १ बिगाह १० कठ्ठा,माबि चैनपुरको १ बिगाह,बालकल्याण अहाधारभूत बिद्यालयको नाममा २ बिगाह १० कठ्ठा, मदरसा रामपुरको नाममा ३ बिगाह १० कठ्ठा,जनता माध्यमिक बिद्यालय गढवाको नाममा ४१ बिगाह ३ कठ्ठा ६ धुर,सरस्वती आबि चन्दनपुरको नाममा ४ बिगाह ३ कठ्ठा १६ धुर, ज्ञानज्योति प्राबि मानपुरको १५ कठ्ठा,उदय प्राबि मुसीनाकाको नाममा १५ कठ्ठा,महशेन्द्र आबि कोइलाबासको नाममा २ बिगाह,दुर्गा प्राबि खबरीनाकाको १० कठ्ठा,जनमुखि आबि रङ्सिङको नाममा १५ कठ्ठा,गणेश प्राबि चिमचिमेको नाममा ८ कठ्ठा,सर्बोदय प्राबि गढवाको नाममा १ बिगाह १० कठ्ठा र बालबुद्धि प्राबि खबरीखुटीको नाममा १ बिगाह १० कठ्ठा जग्गा मालपोत कार्यलयको अभिलेखमा सुचिकृत गरिएको जग्गा ब्यवस्थापन समितिले जनाएको छ । कार्यक्रममा सहजीकरण गोबिन्द केसीले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation