
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । संसदको ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि बिहान १२ बजे सर्वदलीय बैठक आव्हान गरेका हुन् ।
राणाले प्रतिनिधि सभाका अरू नव निर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । राणाले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।
बैठकमा राष्ट्रिय दलको मान्यताप्राप्त राजनीतिक दलका प्रतिनिधि, अन्य दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदको पनि सहभागिता रहनेछ ।