काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले शपथ लिएका थिए। आज उनले अरू सदस्यलाई शपथ गराए ।
शपथ लिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरू वैधानिक रुपमा सांसद भएका छन् । सांसद भएसँगै उनीहरूलाई सांसदले लगाउने लोगो प्रदान गरिएको छ ।