शुक्रबार, मंसिर २१, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

शिक्षकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

बैतडी । गत शनिबार बैतडीको पाटनमा मृत अवस्थामा फेला परेका शिक्षक धनबहादुर बिष्टको हत्याको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्त दम्पती सार्वजनिक गरेको हो ।

जिल्लाको पुर्चीडी नगरपालिका-३ न्वादेउ घर भई कृष्ण मावि मै कम्प्युटर डिप्लोमा चौथो सेमेस्टरमा अध्ययन गरिरहेकी १९ वर्षीया बिमला बोहरा र उनका श्रीमान २५ वर्षीय प्रजा बोहरा हत्यामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

पुस १ गते राती ९:४५ बजे बिमला सौचालय जान भनी बाहिर निस्किएकी र केहिबेरसम्म पनि बिमला कोठामा नफर्किएपछि श्रीमान् प्रजा बाहिर निस्केको समयमा कोठामा जाने सिडीमा शिक्षक बिष्टले अंगालो हाली हातपात गर्न खोजेको र सहन नसकी बिमलाका श्रीमानले कुटपिट गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई सीआइबीको टोली आएपछि पक्राउ गरिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरुको हत्यामा संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।

शिक्षक बिष्ट सोही छात्राबासको माथिल्लो तलामा बस्दै आएका थिए । छात्राबासको तल्लो तलामा ती युवती आफ्ना भाइहरुसँगै बसेर पढ्दै आएकी थिइन्। घटना भएको दिन बिष्टले ती युवतीलाई बोलाएको र सोही विषयमा विवाद हुँदा हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

शिक्षक बिष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए । बिष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन भइरहेको छ। आन्दोलनले यातायात र सो क्षेत्रका विद्यालयको पढाइ प्रभावित बनेको छ ।

मृतकका परिवारले शव अझैसम्म पनि बुझेका छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation