आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

बालगायक सचिन परियार अस्पताल भर्ना, खर्च अभावले उपचारमा कठिनाइ

स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् ।

बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएको कमल सरगमले जानकारी दिए ।

युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् । सरगमले फेसबुकमा तस्वीरसहितको सूचना पोस्ट गर्दै खर्च अभावमा सचिनको उपचार राम्रोसँग हुन नसकेको र उनी बोल्न सक्ने अवस्थामा नरहेको उल्लेख गरेका छन् ।

उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि उनले जानकारी दिएका छन् । अस्पताल भर्ना भएका सचिनलाई भेट्न गायक विमल अधिकारी लगायतका कलाकार पनि शिक्षण अस्पताल पुगेका छन् । सचिनका बुवाआमाले पनि उपचारमा सघाउन अपील गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation