शुक्रबार, चैत्र ७, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

कोभिड-१९ को जोखिमसँगै मास्क अनिवार्य

कोभिड-१९ महामारीको जोखिम बढेसँगै सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको छ ।

छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क अनिवार्य गरेको हो । यससँगै भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्‍जयकुमार ठाकुरले पुस ९ गते प्रेस विज्ञप्ति जारी गरी सेनिटाइजरको प्रयोग गर्न, नियमित रूपमा साबुनपानीले हात धुन र कोभिड-१९ को बुस्टर डोज लगाउनु पनि अपील गरेका छन् । अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भीडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले सचेत गराएको छ ।

नेपालमा बीएफ-७ भेरियन्ट पुष्टि नभए पनि खुला सिमाना र आवतजावतले गर्दा संक्रमणको जोखिम रहेको मन्त्रालयको निष्कर्ष छ ।

नेपालमा १० लाख ९६२ जनामा कोरोनाभाइरसको संक्रमण देखा परिसकेको छ। संक्रमितमध्ये १२ हजार १९ जनाको ज्यान गइसकेको मन्त्रालयको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation