मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङ्गको लमहीमा सर्पदंश उपचार केन्द्र प्रभाबकारी बन्दै

दाङ जिल्लामा प्रत्येक वर्ष वर्षातको समयमा सर्पदंशका कारण मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन् ।
सर्पदंशको प्राथमिक उपचार र लक्षण बारे सामान्य ज्ञान नराख्दा तथा छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा बिरामीलाई नपुर्याउदा सर्पदंशका कारण मृत्यु हुने गरेको छ।
देउखुरी सर्पदंशको जोखिम क्षेत्र मानिन्छ । अरु समय भन्दा वर्षातको समयमा सर्पहरु बाट बच्नु पर्ने हुन्छ ।
लमही नगरपालिकाद्धारा सञ्चालित लमही अस्पतालमा सर्पदंश उपचार केन्द्रको स्थापना भए सँगै गत आर्थिक वर्ष ०७८ र ०७९ मा ११४ जनाले सेवा लिएका छन् ।
यीमध्ये १२ जना बिषालु सर्पले टोकेका छन् । ५ जनालाई अन्यत्र रिफर गरिएको तथ्याकं छ । सर्पदंश उपचार केन्द्रमा मासिक ६० जनाको संख्यामा सर्पले टोकेका व्यक्तिहरु आउने गरेको सर्पदंश उपचार केन्द्रकी स्वास्थ्य सहायक राधा चौधरीले जानकारी दिएकी छिन् ।
देउखुरी क्षेत्रमा विशेष गरी कोबरा र करेत प्रजातिका सर्प पाइने गरेको तथा करेत प्रजातिका सर्पको टोकाईबाट धेरै बिरामी सर्पदंश उपचार केन्द्रमा उपचार सेवा लिन आउने गरेको पाइएको छ ।
अध्याँरोमा दिसापिसाब जाँदा, राति घरभित्र सुतेका बेला र खेतबारीमा गएका बेला सर्पले बढी टोक्ने गरेको छ । पानी परेर घाम लागेपछि सर्प बढी बाहिर निस्कने गर्छन् । बर्खामा परेको पानी वासस्थानमा जाने भएकाले उनीहरूबाहिर निस्कने र मानिसका घरभित्र जाने गर्छन् । भर्खर पानी परेकाले वासस्थानबाट बाहिर निस्केका सर्पले टोक्ने क्रम बढको सर्पदंश उपचार केन्द्रकी स्वास्थ्य सहायक राधा चौधरीले बताइन् ।
सर्पले टोकेमा आँखाले माथितिर हेर्न गाह्रो हुने, आँखा बन्द हुने, टाउको दुख्ने, मुखमा फिँज आउने, पेट दुख्ने, बान्ता हुने, बेहोश हुने र सास फेर्न गाह्रो हुने लक्षण देखिने गर्छन् । सास फेर्न गाह्रो भएर नै बिरामीको मृत्यु हुने गर्छ ।
सर्प दंश बिरामी आत्तिएर बढी स्वास्थ्य समस्या आउने गरेको तथा गाँउघरमा गरिने अन्धविश्वासको पद्धति नअपनाई सर्प दंश बिरामीलाई छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्ने स्वास्थ्य सहायक चौधरीको सुझाव छ ।
लमही अस्पतालमा सर्पदंश उपचार केन्द्रको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, कर्मचारीलाई तालिमको व्यवस्था लमही नगरपालिकाले गरेको छ भने औषधीको व्यवस्था प्रदेश सरकारद्धारा भएको छ ।
लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएसँगै उपचार नै नपाई ज्यान गुमाउनुपर्ने बाध्यता त हटेको छ तर व्यक्ति स्वंयम सचेत हुन आवश्यक देखिन्छ । राती सुत्दा, अध्यारोमा बाहिर निस्किदा वा अन्य विभिन्न कार्य गर्दा सावधानी अपनाउन तथा सर्पले टोकिहालेमा प्राथमिक उपचारको सामान्य ज्ञान हुनु अत्यन्त आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation